नेपाली फिल्म जगतका लागि सारिका घिमिरे त्यती ठूलो नाम भने होइन । तर, मोडलिङ र फिल्म अभिनयमा सारिका केही बर्षदेखि सक्रिय थिइन् । उनै, अभिनेत्री अब गायिका पनि बनेकी छिन् ।

नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंवसंगीतकार शम्भुजित बाँस्कोटा, पत्रकार शान्तिप्रिय, गायिका संगीता राना, वरिष्ठ संगीतकार राजु सिंह, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, गायिकाकी आमा रमा घिमिरेले सारिकाको नयाँ एल्बम ‘मोहनी’ एल्वमको लोर्कापण गरेका हुन् । यस एल्वम भित्र चार वटा गीत संग्रहित छन् । रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको संगीत रहेको के देखेर माया लायौ, शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको मुलको पानी, सारिका घिमिरेको शब्द तथा सारिकाकै संगीत रहेको छमछम, सारिका घिमिरे कै शब्द तथा डेनी निरौलाको संगीत रहेको सान्नानी बोलको गीतहरु एल्बममा सुन्न सकिनेछ ।

कार्यक्रममा के देखेर माया लायौ बोलको गीतको भिडियो समेत सार्बजनिक गरिएको थियो । भिडियोमा गायिका आफैं मोडलको रुपमा देखिएकी छिन् भने उनलाई पुष्पल खड्काले साथ दिएका छन् । जितेन लेप्चाको संगीत रहेको यस गीतलाई रमेश थापामगरले लेखेका हुन् । सारिकाले आफू अब गायन र अभिनयमा एकसाथ अगाडि बढ्ने समेत बताएकी छिन् ।

For More videos Log on to Mazzako TV