‘नेम्पा अवार्ड’ कात्तिक १९ मा सर्यो
नेपाल चलचित्र संघ र अमेरिकाको डीएबीएस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा अमेरिकामा हुने भनिएको ‘नेम्पा अवार्ड’को मिति करिब डेढ महिना पोष्टपोन्ड गरिएको छ । असोज १ गते हुने भनिएको अवार्ड अब नेपाली मिति अनुसार कात्तिक १९ गते आयोजना हुनेछ । 
असोज १ गते अवार्ड आयोजना गर्ने भन्दै आयोजकले उत्कृष्ट ३ को मनोनयन पनि सार्वजनिक गरिसकेको थियो । तर, अमेरिकाको टेक्सास शहरमा आएको प्राकृतिक विपत्ती र विजयादशमीको पूर्व सन्ध्यामा परेकाले पनि टेक्सासबासी नेपालीहरुको आग्रहमा अवार्ड केही समय पर सारिएको आयोजक नेपाल चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
अब, कात्तिक १९ अर्थात नोभेम्बर ५ मा अवार्ड आयोजना हुनेछ । निर्धारित स्थानमै भव्य, सभ्य र व्यवस्थित रुपमा अवार्ड आयोजना गरिने आयोजकले बताएको छ । यो अवार्डले अमेरिकामा नेपाली फिल्मको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।
For More videos Log on to Mazzako TV







