जापानिज कलाकारको ‘माइ लभ’
जापानिज निर्देशक डा. तोसिआकी इतोले फिल्म ‘शिरिषको फूल’ निर्देशन गरेका थिए । उनै, निर्देशकले निर्देन गरेको फिल्म ‘माइ लभ–प्रमिस फर काठमाण्डौ’ आउँदो मंसिरको १५ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जापानबाट आएका कलाकारले पनि फिल्मको बारेमा बोलेका थिए ।

बैशाख १२ गते गएको विनाशकारी भुकम्पको सेरोफोर र भूकम्पका बेलमा मानिसमा देखिएका संवेदना र माया प्रेममा यो फिल्म निर्माण भएको छ । फिल्म क्रियशन नेपालको निर्माणमा बनेको फिल्ममा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी सिंह, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायत कलाकारहरुको मूख्य भुमिका छ ।
फिल्ममा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ । भुकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानीसहरु भन्दा समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषय फिल्ममा रहेको छ ।
For More videos Log on to Mazzako TV







