बर्षा सिवाकोटीले अब के गर्लिन् ?
साच्चै, नेपाली फिल्म क्षेत्रमा एकपछि अर्का अभिनेत्री उदाइरहेको समयमा अभिनेत्री बर्षा सिवाकोटीलाइ भने लक लाग्न सकेन । यो बर्ष उनले निकै आशा गरेको फिल्म ‘कारखाना’ले हावा खाएपछि उनको करिअरलाइ लिएर निकै ठूलो चर्चा फिल्म क्षेत्रमा हुन थालेको छ । 
नेपाली फिल्म क्षेत्रमा अहिले अभिनेत्रीहरु विच प्रतिस्पर्धा छ । यस्तो अवस्थामा केही समय मात्र पनि पछि पर्दा उनीहरुलाइ ठूलो घाटा लाग्ने निश्चित छ । बर्षालाइ अहिले फिल्म क्षेत्रका अन्य अभिनेत्रीहरुले उछिनेको अवस्था छ । उनीपछि आएका केही अभिनेत्रीहरुले उचाइ पाइरहँदा उनी भने ओझेलमा परेकी छिन् ।
मिडियामा खासै नखुल्ने, फिल्मीकर्मीमाभ पनि भिज्न नसकेकै कारण बर्षा पछि परेकी हुन् भन्नेहरु पनि धेरै छन् । आगामी दिनमा यी सुन्दरीले आफूलाइ कसरी अगाडि लैजान्छिन्, हेर्न बाँकी छ ।
For More videos Log on to Mazzako TV







