कात्र्तिक २ गतेबाट प्रर्दशन हुने अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’ को नयाँ गीत सार्वजनिक भएको छ । केही समय अघि ‘रुमाल चिनो देउ’ बोलको गीत सार्वजनिक भएपछि दोश्रो गीतको रुपमा स्याड भर्सनको गीत सार्वजनिक भएको हो । चलचित्र ‘रुद्रप्रिया’ मा रेखाको साथमा अभिनेता आर्यन सिग्देलको मुख्य भुमिका रहेको छ । गीतमा बानीका प्रधानको स्वर रहेको छ भने सुरेश अधिकारिको शब्द र संगीत रहेको छ ।

फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन। फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । भिडियाे :

For More videos Log on to Mazzako TV