आर राजवंशी निर्देशित फिल्म ‘शेरबहादुर’ को प्रर्दशन मिति फाइनल भएको छ । फिल्मको माघ २६ गते लाई प्रर्दशन मिति तय गर्दै पहिलो पोस्टर समेत सार्वजनिक गरिएकोे हो । सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा अटाएका छन् । धिराज प्रोडक्सनको व्यानरमा निर्माण भएको ‘शेरबहादुर’ मा प्रमोद क्षेत्रीको कथा छ ।

गौरीशंकर धुनुजु र धिराज राजवंशीको लागनी रहेको फिल्ममा कोशिस क्षेत्रीको शब्द र संगीत रहेको छ । फिल्मको नाम प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएपनि कथा उनको जीवनीसँग नमिल्ने निर्माण युनिटले ‘शेरबहादुर’ घोषणाको समयमै जानकारी दिएको थियो ।

For More videos Log on to Mazzako TV