राजको पिरतीमा नै मिसावट भएपछि…(भिडियो)
भाद्र ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ’लिला’ को नयाँ गीत रिलिज गरिएको छ । अभिनेत्री संचिता लुइटेल, मलिना जोशी तथा नायक राज कट्वाल स्टारर फिल्म ’लिला’ को ’मिसावट छ पिरतीमा’ बोलको गीत रिलिज गरिएको हो । डा.कृष्णहरी बरालको शब्द रहेको गीतमा युवराज चौलागाईको स्वर र बसन्त सापकोटाको संगीत छ । भिडियोमा नायक राज नायिकाद्धय सञ्चिता र मलिनाको यादमा नसाले लिइरहेको देखिन्छ ।

फिल्ममा मलिना, सञ्चिता, राजसंगै ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी लगायतको अभिनय छ । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ लाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिपी पौडेल फिल्मका कार्यकारी निर्माता हुन् भने, लक्ष्मण बस्नेत, विमला घिमिरले मिलेर फिल्म निर्माण गरेका हुन् । हेर्नुस् भिडियो :
For More videos Log on to Mazzako TV








