कक्षा नौ मा पढ्दै करिश्मा

तपाइलाइ पत्यार नलाग्न सक्छ, तर अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा ९ मा अध्ययनरत छिन् । ग्यालेक्सी पब्लिक स्कूलबाट कक्षा आठ पास गरेपछि उनी फिल्म क्षेत्रमा व्यस्त भइन् । जसकाकारण, उनले बाँकी पढाइ पुरा गर्न पाइनन् ।
उनले काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा भनिन्–‘म पुन नियमित अध्ययनमा लागेकी छु । नियमित कक्षामा जान त सक्दिनँ । तर, अध्ययन भने त्रिवेणीमा गर्न थालेकी छु ।’
१४ बर्षको उमेरदेखि अभिनय सुरु गरेकी करिश्माको त्यसपछि भने पढाइ छुटेको थियो । सिनेमामा पीएचडी नै पास गरिसकेको छु जस्तो लाग्छ करिश्मालाइ । तर, उनले अब नियमित पढाइलाइ पनि अगाडि बढाउने बताइन् ।
कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइले करिशमाले स्कुल भर्ना हुनु नौलो कुरा नभएको बताएका थिए । करिश्मा अहिले मैतिदेविस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी छिन् ।
For More videos Log on to Mazzako TV







