‘ए मेरो हजुर २’ ले तिन दिनमा कति कलेक्शन गर्याे ?
भाद्र १६ बाट अल नेपाल प्रदर्शनमा आएको अभिनेत्री झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ ले देशभरबाट तिन दिनमा ३ करोड ४३ लाख ४१ हजार ग्रस कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन राजधानीबाट ४५ लाख ५० हजार र राजधानी बाहिरबाट ३३ लाख २१ हजार कलेक्सन गरेको थियो । शनिबार फिल्मले देशभरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गर्न सफल भएको छ । शनिबारको कलेक्सन नेपाली फिल्मको लागि सर्वाधिक एक दिने ग्रस हो । वितरकले दिएको जानकारी अनुसार शनिबार राजधानीबाट ‘ए मेरो हजुर २’ ले ८७ लाख, ७५ हजार र बाहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गर्यो ।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको ‘ए मेरो हजुर २’ले नेपाली हलहरुमा बलिउड सिनेमा ‘बादशाहो’लाई छायाँमा पारेको छ । आइतबार सार्वजनिक विदा परेकोले तेस्रो दिनका अधिकाँस शो हाउसफुल रहे । ईदको विदामा ‘ए मेरो हजुर २’ ले राजधानीबाट ५३ लाख १५ हजार र बाहिरबाट ५१ लाख २५ हजार गरि टोटल १ करोड ४ लाख ४० हजार कलेक्सन गर्यो । मोफसल वितरणक केदार पराजुलीले ‘ए मेरो हजुर २’ को व्यापारलाई ऐतिहासिक भनी टिप्पणी गरे ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । ‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको फिल्मका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् ।

For More videos Log on to Mazzako TV








