प्रियंका र रविनाको यस्तो तस्बिर
अभिनेत्री प्रियंका कार्की अहिले अभिनेता आयुष्मान देशराजको प्रेममा छिन् । आयुष्मान र प्रियंकाको लभ जीवन नेपाली मिडिया र दर्शकका लागि चर्चाको बिषय बनिरहेको छ ।

तर, केही हप्ता अगाडि अभिनेत्री कार्कीले आफू आयुष्मानको परिवारसँग पनि निकै नजिक रहेको बताएकी थिइन् । आयुष्मानकी आमा रविना देशराजले पनि प्रियंका आफ्नो परिवारका लागि विशेष भएको बताएकी थिइन् ।
अभिनेत्री कार्की र आयुष्मानकी आमा रविना कती नजिक छन् भन्ने कुरा एउटा तस्बिरले पनि पुष्टी गर्छ । प्रियंकाले सामाजिक संजाल इन्स्ट्राग्राममा पोष्ट गरेको एउटा तस्बिरमा यी दुइ टू पिसमा देखिएका छन् । रविना र प्रियंकाले स्विमिङ गर्दै गर्दा यो तस्बिर खिचेका हुन् । जसमा प्रियंका र रविना निकै हट देखिएका छन् । यो तस्बिरले पनि यी थाहा हुन्छ कि रविनासँग प्रियंका कती नजिक छिन् ।
For More videos Log on to Mazzako TV







