एक अर्कासँगै बोल्नै खोज्दैनन् नीता र आमेष

कुनै समय एक अर्काविना एकछिन पनि बाँच्न सक्दैनथ्य, अभिनेता नीता ढुंगाना र अभिनेता आमेष भण्डारी । यतिसम्मकि, दैनिक सेल्फी पोष्ट गरेर उनीहरुको दैनिकी समेत वित्थ्यो । आमेषलाइ पाउँदा नीताले आफ्ना वरिपरीका साथलाइ पनि विर्सिएकी थिइन् ।
तर, अहिले समय बदलियो । नीता र आमेषको ब्रेकअप भयो । यसपछि त के चाहियो र, यी दुइले एक अर्काको कुरा समेत गर्न छाडेका छन् । केही दिन अगाडि काठमाण्डौमा आयोजित एक फिल्मको प्रिमियरमा सुरुवातमा आमेष पुगेका थिए । आमेष सबैसँग गफगाफमा मस्त थिए । तर, जब नीता हल परिसरमा प्रवेश गरे, आमेष हल भित्र छिरे ।
नीता र आमेषले एक अर्कासँग हाइ हेल्लो गर्न पनि चाहेनन् । नीता भने रातो पहिरनमा हट बनेर पुगेकी थिइन् । उनले पोज पोजमा तस्बिर खिचाइन् । नीता नेपाली फिल्म क्षेत्रमा सफल फिल्म दिन नसकेपनि व्यस्त भने छिन् । आमेषको पनि फिल्म ‘मेला’ कात्तिक २४ गतेबाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV







