‘२ रुपैयाँ’ को सुपारी दाना भयो २ करोडको (भिडियो)
भाद्र २३ बाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने प्रतिक्षित फिल्म ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतले २ करोड भ्युअर्सको नयाँ रेकर्ड कायम गरेको छ । फिल्म रिलिज अगाबै छोटो समयमा २ करोड भ्युअर्सको नयाँ रेकर्ड बनाएको हो । गीत रिलिज गरिएको करिब २ महिनामै २ करोडको भ्युअर्स बनाएको हो । फिल्मको ट्रेलरले २४ घण्टामा सबै भन्दा बढि भ्युअर्सको रेकर्ड बनाएको थियो ।
राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको गीतमा मेलिना राई र राजन इसानले साथ दिएका छन् । चलचित्रलाई असीम शाहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेत,असिफ शाह, बुद्धि तामाङ, बिशारत बस्नेत लगायत कलाकारको अभिनय रहेको छ । ‘२ रुपैयाँ’ का अभिनेताहरु संग गरिएको मज्जाको कुराकानी हेर्नुस् :
For More videos Log on to Mazzako TV








