बडिगार्ड सहित साम्राज्ञी र सलिन हलमा पुग्दा, दर्शकको भिड (हेर्नुस् फोटो फिचर)
शुक्रबारबाट अलनेपाल प्रदर्शनमा आएको अभिनेत्री झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ ले शनिबार बम्पर ब्यापार गरेको छ । शुक्रबार फिल्मले ९० प्रतिशत अकुपेन्सी कायम गरेको थियो । शनिबार फिल्मले शतप्रतिशत अकुपेन्सी कायम गर्दै देशैभरीका सम्पुर्ण हलमा हाउसफुलको ब्यापार गरेको छ । धेरै दर्शक टिकट नपाएर फकिएका छन्, भने हलहलमा दर्शकको भिड थामिनसक्नु छ । निर्देशक झरना थापा, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक सलिनमान बनियाँ, कलाकार सलोन बस्नेत लगायत फिल्म युनिट गोङबुको विजी मल, बालाजुको अष्ट नारायण हल, चाबहिलको गोपीकृष्ण लगायत हलहलमा पुगेर दर्शकसँग खुसी साटासट गरे । साम्राज्ञी र सलिन बडिगार्ड सहित हल पुगेका हुन् । ‘ए मेरो हजुर २’ साम्राज्ञीको ड्रिम्सपछि दोश्रा तथा सलिनको डेब्यु फिल्म हो ।

पहिलो दिन फिल्मले शुक्रबार ७८ लाखको ग्रस कलेक्सन गर्याे भने शनिबार देशभरबाट एक करोड माथिको ग्रस कलेक्सन गर्ने अपेक्षा गरिएको छ । राजधानी सहित मोफसलका पोखरा, धरान, चितवन, बुटवल लगायतका मुख्य शहरहरुमा फिल्म हेर्न दर्शकको चाप उच्च छ । आईतबार पनि सरकारी बिदा परेका कारण ‘ए मेरो हजुर २’ लाई दोहोरो फाइदा पुग्ने देखिन्छ । मंगलबारसम्ममा फिल्मले लगानी सुरक्षित गर्दै नाफाको व्यापार गर्ने वितरक बताउँछन् । सुनिल कुमार थापाको निर्माण रहेको फिल्मको लगानी डेढ करोड माथि छ । प्रिमियरको मज्जाको भिडियो हेर्नुस् :
फोटो फिचर :












