भदौ २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘२ रुपैयाँ’को ओएटी रिलिज गरिएको छ । संगीतकार रोहित शाक्यले तयार पारेको गीतमा चर्चित ¥यापर लाउरे र एड्रेले स्वर दिएका छन् । यो गीतको भिडियो पनि रिलिज गरिएको हो ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार निश्चल बस्नेत र आशिफ शाहलाइ देख्न सकिन्छ । फिल्मका निर्देशक असिम शाहले नै यो भिडियोको निर्देशन गरेका हुन् । भिडियोको छायांकन हरि हुमागाँइले गरेका हुन् भने सम्पादन लोकेश बज्रचार्यले गरेका हुन् ।

यो गीतलाइ फिल्ममा महत्वपूर्ण अंशमा समावेश गरिएको निर्देशक शाअह बताउँछन् । लाउरे र एड्रेको गीतले फिल्मको मर्म बोल्ने उनको भनाइ थियो ।

For More videos Log on to Mazzako TV