आजबाट देशभरका ९० बढी हलमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’को भव्य रेड कार्पेट प्रिमियर काठमाण्डौको कुमारी हलमा गरिएको छ । बिहिबार बेलुकी आयोजित प्रिमियरमा फिल्म क्षेत्रका अधिकांश कलाकार, पत्रकारहरुको उपस्थित थियो ।

अभिनेत्री झरना थापाले निर्देशन गरेको पहिलो फिल्म भएकाले पनि अभिनेत्रीहरुको उपस्थिती फिल्म हलमा बाक्लो थियो । २ घन्टा ३० मिनेट लामो फिल्म हेरेपछि सबैले उत्कृष्ट प्रतिक्रिया दिए । ‘ए मेरो हजुर’को लयलाइ समेत झरनाले यो फिल्ममा समातेकी छिन् । फिल्ममा उनले स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठलाइ उच्च महत्वको साथ प्रस्तुत गरेकी छिन् ।

साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्म हेर्नका लागि अभिनेत्रीहरु रेखा थापा, नीता ढुंगाना, संचिता लुइटेल, सुरविना कार्की लगायत हलमा पुगेका थिए । यस्तै, गायिका इन्दिरा जोशीदेखि फिल्म क्षेत्रका निर्माता, निर्देशक हलमा देखिए ।

For More videos Log on to Mazzako TV