माझी बस्ती निर्माणमा २० लाख सहयोग
अभिनेत्री स्वेता खड्काको संयोजकत्वमा श्वेता श्री फाउन्डेशनले निर्माण गर्दै आएको सिन्धुपाल्चोकको माझीबस्तीमा बंगलादेशको ढाका क्लबले २० लाख रकम सहयोग गरेको छ । मंगलबार माझी बस्ती पुगेर एकिकृत नमुना माझी बस्तीको विकास परियोजनालाइ ठूलो रकम हस्तान्तरण गरिएको हो । 
क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउन्डेशनका सल्लाहाकार प्रेम खत्रीलाइ २० लाखको चेक हस्तान्तरण गरे । रकम वुझ्दै ढकालले यो रकमलाइ सही ठाउँमा लगाउने प्रतिवद्धता पनि व्यक्त गरे । अधिकृत आलिमले नेपालमा गएको भूकम्प र त्यसले माझी बस्तीमा पुर्याएको क्षती देखेर रकम सहयोग गरेको बताए ।
फाउन्डेशनकी अध्यक्ष अभिनेत्री श्वेता खड्का फिल्म छायांकनका लागि मुस्ताङमा रहेकाले माझी बस्ती पुग्न सकिनन् । अहिले माझी बस्तीमा धमाधम घर बनाउने काम भैरहेको छ ।
For More videos Log on to Mazzako TV







