हरिवंश आचार्य र आस्था राउतको स्वर, किरण कँडेलको संगीत, उत्तम संजेलको शब्दमा तयार भएको फिल्म ‘छक्का पन्जा’को देउडा शैलीको गीतको भिडियो रिलिज गरिएको छ ।

काठमाण्डौको क्यूज हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज ११ गतेबाट रिलिज हुन लागेको फिल्म ‘छक्का पन्जा २’को ‘झ्याम्म झ्याम्म’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, प्रियंका कार्की, वुद्धि तामाङको साथमा अतिथी कलाकार विल्सन विक्रम राइलाइ फिचरिङ गरिएको छ ।

यो गीतमा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ । गीत सार्वजनिक कार्यक्रममा फिल्मका सम्पूर्ण कलाकार नै उपस्थित थिए ।

दीपाश्री निरौलालले निर्देशन गरेको यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ ।

For More videos Log on to Mazzako TV