आज तीज पर्व, चार फिल्म हलहलमा
आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजन किर्तन तिजका गीतसंगीतका साथ तीज पर्व मनाइदै छ । आजैबाट तीजको सार्वजनिक बिदाको अवसरमा ४ नेपाली फिल्म एकसाथ प्रदर्शन भएका छन् । गत वर्षको तिजमा भने ‘लालजोडी’, ‘ब्रास्लेट’ र ‘वृन्दावन’ ३ फिल्म प्रदर्शन भएका थिए यसपालि तिजको बिदा खान ‘धुम–२’, ‘देश खोज्दै जाँदा’, ‘हामी शरणार्थी’ र ‘स्काउट’ अल नेपाल प्रदर्शन भएका छन् ।

ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको ‘धुम–२’ मा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतका कलाकारको अभिनय छ । कमेडी जनरामा निर्माण भएको फिल्मको लेखन, नृत्य, निर्माण र निर्देशन समेत जयकिशन बस्नेतको नै हो ।
भुटानी शरणार्थीहरुको कथामा निर्माण भएको फिल्म ‘हामी शरणार्थी’ मा शिल्पा पोखरेल, जीवन भट्टराई लगायतले अभिनय गरेका छन् । फिल्मलाई विजय केरुङले निर्देशन गरेका हुन् । फिल्ममा अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको संयुक्त लगानी रहेको छ । फिल्ममा हिमाल केसीको एक्सन, उत्तमजंग लिम्बुको संगीत, कमल राइको नृत्य, बैजु सिंहको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन छ ।
गोविन्द गौतमको निर्देशित फिल्म ‘स्काउट’ मा गरिमा पन्त, मधुकुमार श्रेष्ठ, रक्षा श्रेष्ठ, हेमन्त बुढाथोकीलगायतले अभिनय गरेका छन् । भद्रगोलकी रक्षाले यसै फिल्मबाट डेब्यु गरेकी हुन् । मधुकुमार श्रेष्ठको प्रस्तुतिमा निर्माण भएको फिल्ममा केदार प्रसाद पराजुली,कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको छ ।
शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको शिविर बसाइको वास्तविक कथा प्रस्तुत गरिएको फिल्म ‘देश खोज्दै जाँदा’ लाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् । फिल्ममा बाबु बोगटी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय छ ।
For More videos Log on to Mazzako TV







