रातो सारीमा पूजा, तीजमा ब्रत बस्ने
फिल्म ‘म यस्तो गीत गाउँछु’की निर्मात्री तथा अभिनेत्री पूजा शर्मा यसपटक भने तीजमा ब्रत बस्दैछिन् । ‘पूजालाइ तीज खासै लाग्दैन । ब्रत बस्ने, दर खाने कुरामा त्यती रुची त छैन । तर, यसपटक भने ब्रत बस्दैछु’, उनले भनिन् । 
नेपाली फिल्म क्षेत्रमा कमै मात्र अभिनेत्री निर्मात्रीको रुपमा पनि सफल छन् । थोरै अभिनेत्रीको सूचीमा पूजा पनि पर्छिन् । जसले निर्माण गरेको पहिलो फिल्म नै हिट भयो ।
यो बर्षको तीजमा भने उनी केही मनोकामना पुरा होस् भनेर ब्रत बस्दैछिन् ।
अधिकांश हिन्दु अविवाहित नारीहरुले राम्रो श्रीमान् पाउ भनेर ब्रत बस्छन्, पूजाको पनि एउटा मनोकामना यही नै छ । साथमा, फिल्म निर्माणमा सफल हुँदै गएकी पूजालाइ अझ धेरै काम गर्नुछ ।
रातो सारीमा सजिएकी पूजा, तपाइलाइ कस्तो लाग्छ ? प्रतिक्रिया दिनुहोला ।
For More videos Log on to Mazzako TV







