फिल्म नचल्दा सुनसान नम्रता
कलाकारहरुको चर्चा फिल्म रिलिज हुने समयमा मात्र होइन, अरु बेलामा पनि हुन जरुरी छ । गसिप बजारमा बर्षभरी नै चर्चामा रहने कलाकारलाइ दर्शकले बर्षभरी नै कुनै न कुनै रुपमा पाउँछन् । तर, अभिनेत्री नम्रता श्रेष्ठको हकमा भने यो कुरा लागू हुँदैन । 
अभिनेत्री श्रेष्ठले अभिनय गरेका फिल्म रिलिजको समयमा उनको राम्रै चर्चा हुन्छ । तर, फिल्म नचलेको समयमा भने नम्रता फिल्म नगरिमा छिन् या छैनन् भन्ने न त मिडियाले न थाहा पाउँछन् न त दर्शकले नै ।
फिल्म ‘पर्व’ औषत चलेपछि नम्रताको चर्चा झनै सेलायो । फिल्म ‘क्लासिक’बाट बर्षभरीका सबै अवार्ड जितेकी नम्रताको अभिनयको चर्चा ‘पर्व’ले खासै गराएन । उनी, नयाँ फिल्म ‘टकिला सनराइज’ छायांकन गर्ने तयारीमा रहेका खबरहरु पनि सार्वजनिक भएका थिए ।
तर, नम्रता अहिले चुपचाप छिन् । हुनत, प्रेमको दुनियाँमा रमाएकी यी अभिनेत्रीलाइ गसिपमा रमाउन खासै मन पनि लाग्दैन ।
For More videos Log on to Mazzako TV







