असार महिनादेखि नेपाली फिल्मको व्यापारको गती बढेको छ । असारको अन्तिममा फिल्म ‘म यस्तो गीत गाउँछु’ले बढाइदिएको थियो । वैशाख र जेठ नेपाली फिल्मका लागि खासै यादगर बनेनन् । साउन महिना पनि एउटा फिल्मका कारण सफल रह्यो । लभस्टोरी जनराकै फिल्म ‘प्रेमगीत २’ सफल भएपछि साउन महिना पनि हिट रहन पुग्यो ।

लगालग २ वटा लभ स्टोरी हिट फिल्म पाएको नेपाली फिल्म बजारले भदौमा पनि हिटको अपेक्षा गरिरहेको छ । भदौ २ गते रिलिज भएको फिल्म ‘ग्याङस्टार ब्लूज’ अपेक्षित रुपमा सफल भएन ।

यसैले, यतिबेला सबैको ध्यान भदौ १६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर २’मा अडिएको छ । लभ स्टोरी जनराको अर्को फिल्म पनि हिट भएको खण्डमा यो बर्ष लभ स्टोरीको बजार रहने पक्का छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबाट दर्शकले हिट फिल्मको अपेक्षा गरेका छन् । झरना थापा निर्देशित यो फिल्मको व्यापारलाइ लिएर धेरैको चासो छ । के, सलिनमान बनियाँ र साम्राज्ञीको जोडीले अर्को लभ स्टोरी फिल्मलाइ हिट बनाउलान् ?

For More videos Log on to Mazzako TV