एलिसाले ‘अली अली’ भन्दै के भन्न खोजिन् ?
गायिका चन्दा देवानको आवाजमा समावेश ‘अली अली’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ । नगरकोटमा छायांकन गरिएको गीतको भिडियोमा मोडल एलिसा राइले मोडलिङ गरेकी छिन् । 
छोरीले आमाको सामु अभिव्यक्त गरेका भावनलाइ भिडियोमा देखाउन खोजिएको निर्देशक विदुर खतिवडाले जानकारी दिए । चेतन बाराकोटीको शब्द रहेको गीतमा सचिन सिंहकोसंगीत छ । सुदिप बरालको छायांकन, राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक छ ।








