जब बाबुको अगाडी घुँडा टेकेर अनमोलले अवार्ड थापे…
खुम्बु खोल्च ग्लोबल अवार्ड अमेरिकामा सम्पन्न भएको छ । नेपाली फिल्म क्षेत्रका केही हस्तीहरुको उपस्थितीमा आयोजित अवार्ड समारोहमा एक रोचक दृश्य देखियो ।
फिल्म ‘गाजलु’बाट अभिनेता अनमोल केसीले उत्कृष्ट अभिनेताको अवार्ड जिते । 
रोचक कुरा त के छ भने, यो अवार्ड उनले उनकै पिता भूवन केसीको हातबाट ग्रहण गरे । तर, अवार्ड लिन स्टेजमा पुगेका अभिनेता केसीले बाबुको अगाडि घुँडा टेकेर बसे र अवार्ड ग्रहण गरे । अनमोलको अवार्ड लिने यो शैली साच्चिकै प्रशंसा गर्न लायक छ ।
यो अवार्डमा सहभागी हुनका लागि अधिकांश नेपाली फिल्मका कलाकारले अमेरिकन दुतावासमा आवेदन दिएका थिए । तर, अधिकाशंलाइ दुतावासले पत्याएन । भूवन केसी, अनमोल केसीदेखि दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे लगायतका कलाकार अवार्डमा सहभागी हुन अमेरिका पुगेका थिए ।
For More videos Log on to Mazzako TV







