१६ वर्षपछि फिल्म हेरेका प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले ‘भूईँमान्छे’ लाई मन पराए
अभिनेता रमेश बुढाथोकी तथा अभिबल खेलाडी सिपोरा गुरुङ अभिनित फिल्म ‘भूईँमान्छे’ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले हेरेका छन् । उनले शुक्रबारदेखी अल नेपाल प्रदर्शनमा भएको फिल्म ‘भूईँमान्छे’ १६ वर्ष पछि हेरेका हुन् । गत शनिवार साँझ सिभिल मल स्थित क्युएफएक्समा आफ्नो परिवार सहित कुलपति उप्रेतीले फिल्म हेरेका हुन् । त्यस्तै कलाकार सन्तोष पन्तले समेत फिल्म हेरेका थिए । सन् २००१ मा फिल्म ‘पन्छी’ हेरेका उप्रेतीले १६ बर्षपछि ‘भूईँमान्छे’ हेरेका हुन् ।

ट्रेलरले नै आकर्षित गरेपछि उप्रेतीले आफु फिल्म हेर्न आएको बताए । नेपाली फिल्म बन्ने शैली मात्र फेरिएको रहेनछ, नयाँ विषयवस्तु पनि हेर्न पाइएको उप्रेतीले भने । फिल्मले दर्शाउने मनोविज्ञानबाट हामीले केहि सिक्नु पर्छ जस्तो लाग्छ र ति व्यक्तिको पेशालाई पनि हामीले सम्मान गर्न सक्नु पर्छ’ उप्रेतीले बताए । नवराज बुढाथोकीको लेखन तथा निर्देशन रहेको फिल्म भूईँमान्छे’ पोष्टमार्टमका लागि ल्याइने शव चिर्ने व्यक्तिको जीवनीमा आधारित छ । रोहिणी भट्टराईको निर्माण रहेको यस फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सहिन प्रजापति लगायतको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV







