अमेरिका हिडेपछि सेल्फीमा अटाएका अनमोल
अभिनेता अनमोल केसीले फिल्म ‘कृ’का लागि करिब डेढ बर्ष आफ्नो अनुहार बाहिर देखाएनन् । लुक सार्वजनिक हुने डरका कारण र स्टारडम मेन्टेनका कारण अनमोल बाहिर नै आएनन् । 
अनमोल सार्वजनिक कार्यक्रममा नदेखिदा उनका फ्यानले त उनको प्रतिक्षा गरे नै, मिडियाले पनि अनमोलको खुबै प्रतिक्षा गर्यो । उनै, अनमोलले ‘कृ’को ९० प्रतिशत छायांकन सकेका छन् । उनी, अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन अमेरिका पुगेका छन् । तर, अमेरिका हिड्दै गर्दा अनमोल सेल्फीमा अटाएका छन् । अमेरिका पुगेका धेरै कलाकारले अनमोलसँग सेल्फी खिचेका छन् ।
डेढ बर्ष लगाएर लुकाएको लुक अनमोलको अमेरिका हिड्दै गर्दा फेसबुकभरी छ्याप्तछ्याप्ती भएको छ ।
For More videos Log on to Mazzako TV







