नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन हो । भदौ ५ गते मोरङमा जन्मिएकी रेखा नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री मानिन्छिन् ।
फिल्म ‘हिरो’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दै गर्दा रेखाले यो उचाइ पाउँछु भनेर सोचेकी थिइनन् । तर, आफ्नै मिहिनेत र निर्माता छविराज ओझाको साथका कारण रेखाले नेपाली फिल्म क्षेत्रमा करिब एक दशक भन्दा लामो समय राज गरिन् ।

रेखाले अभिनय गरेका थुप्रै फिल्म उनकै दमका कारण चलेका छन् । ‘हिम्मत, किस्मत, हिफाजत, कसले चो¥यो मेरो मन, अन्दाज, काली, हिम्मतवाली, रामप्यारी’ जस्ता फिल्मको व्यापार रेखाकै स्टारडमका कारण भएको छ ।

निर्माता छविराज ओझासँग करिब १० बर्ष बैबाहिक सम्बन्धमा रहेकी रेखा अहिले आफ्नी आमासँग बस्दै आएकी छिन् । रेखा फिल्मस्को ब्यानरबाट फिल्म निर्माण पनि गर्दै आएकी यी अभिनेत्री राजनीतिमा पनि विवादस्पद बनिन् । माओवादी केन्द्र, राप्रपा हुँदै राप्रपा प्रजातान्त्रिक पार्टीमा सक्रिय रेखा राजनीतिमा नै लागेर अगाडि बढ्ने धुनमा छिन् । रेखालाइ जन्मदिनको शुभकामना ।

For More videos Log on to Mazzako TV