नायक तथा निर्माता बिनय श्रेष्ठ यतिबेला अमेरिकामा स्यान्डविच बनाउदैछन् । अमेरिका पुगेर उनी कुनै होटल या रेष्टुरेन्टमा स्यान्डविच बनाईरहेका भने होईनन् । उनको चलचित्र ‘रोमियो एण्ड मुना’को ‘स्यान्ड विच’ बोलको गीतको यतिबेला अमेरिकामा धमाधम सुटिङ्ग भईरहेको छ ।

चलचित्रको अधिकांश छायांकन नेपालमै गरिए पनि सिनेमाको यस गीतको भने यतिबेला अमेरिकाको टेक्सास आसपासमा छायांकन भईरहेको छ ।

नायक स्वयं फिचर भएको यस गीतमा उनलाई बलिउडका चर्चित कोरियोग्राफर प्रताप सिंहले कोरियोग्राफी गराईरहेका छन् ।

बलिउडका चर्चित हस्तीहरुसँग काम गरिसकेका कोरियोग्राफर प्रतापले सिनेमको यस गीतका लगि निकै मेहनत गरिरहेको नायक श्रेष्ठले बताएका छन् । प्रतापले ‘रेश’, ‘ब्याङ्ग ब्याङ्ग’, ‘सान्दार’, ‘अ जेन्टलमेन’ लगायत चलचित्रमा काम गरिसकेका छन् भने विभिन्न हिन्दी चलचित्रहरुमा क्रएटिभ डाईरेक्टरको रुपमा समेत उनले काम गरेका छन् ।

‘रोमियो एण्ड मुना’को यस गीतलाई उज्वल सिंहले निर्देशन गरिरहेका छन् भने आहा प्रोडक्सन डालसले गीतको मोकिङ्गमा सहयोग गरिरहेको छ ।

२०१८ मा रिलिज गर्ने तयारी गरिएको चलचित्र ‘रोमियो एण्ड मुना’को प्राय छायंकन सकिएको छ । सिनेमालाई भि मोसन पिक्चर्स, पिएमजी पिक्चर्स, र के एस प्रोडक्सनले मिलेर बनाएका हुन् । चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको जोडीलाई रोमियो र मुनाको रुपमा देख्न पाईनेछ । बिनय ‘रेशम फिलिली’ पछि निकै लामो ग्याप लिएर ‘रोमियो एण्ड मुना’मा देखा पर्न लागेका छन् ।

 

For More videos Log on to Mazzako TV