अभिनेता अनमोल केसी र प्रदिप खड्का दुबैलाइ अफर गरिएपछि मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्म ‘लिलिबिली’ लफडामा परेको छ । अनमोल अहिलेका सुपरस्टार हुन् भने प्रदिप पनि नेपाली फिल्म नगरिमा आफ्नै दममा चम्किरहेका छन् । अभिनेता चाम्सले भने यो फिल्मको कथावस्तु आफूले प्रदिपलाइ नै हेरेर लेखेको बताएका छन् ।

तर, उनले अभिनेता अनमोल केसीलाइ पनि फिल्मको अफर गरेका थिए । अनमोलले भने फिल्मको कथावस्तु आफूले आधा मात्र पढेको भन्दै पुरै नपढी भन्न नसक्ने बताएका छन् ।

अभिनेता प्रदिप खड्काले भने मिलनले आफूलाई नै हेरेर फिल्मको कथा लेखेको बताएको भन्दै काम गर्ने वा नगर्ने पक्का नभएको बताए । फिल्मका लागि अनमोललाइ मिलनले मागेको जती रकम दिन तयार भएका थिए । यता, प्रदिपलाइ पनि चर्को पारिश्रमिकमा फिल्ममा अफर गरिएको छ ।

अनमोललाइ पहिलो अफर गरिएको रहेछ भने आफूले फिल्म नगर्ने प्रदिपले बताइसकेका छन् । यसैले, शिल्पा मास्केलाइ अभिनेत्रीको रुपमा पक्का गरिएको मिलनको यो फिल्मका लागि अभिनेतामा भने को भन्ने लफडा देखिएको छ ।

For More videos Log on to Mazzako TV