शुक्रबारदेखि रिलिज भएको फिल्म ‘ग्याङस्टार ब्लूज’ले देशभरका हलमा ओपनिङ सुखद गरेको यसका निर्माता सरोज न्यौपानेले जानकारी दिएका छन् । निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको यो फिल्मले शुक्रबारर शनिबार मल्टिप्लेक्स र सिंगल हलमा सुखद व्यापार गरेको छ ।

निर्माता तथा वितरकले शुक्रबारमात्र देशभरका हलबाट फिल्मले ५० लाख माथिको व्यापार गरेको दाबी गरेको छ । देशभरका ८० वटा हलमा यो फिल्म रिलिज भएको छ । पूर्वका केही जिल्लामा भने बाढीका कारण फिल्म रिलिज हुन सकेको छैन ।

वुधबार राजधानीमा प्रिमियर गरिएको फिल्मको बिहिबार भने पोखरामा प्रिमियर गरिएको थियो । पोखरामा फिल्मका मुख्य कलाकार आशिरमान देशराजलाइ हेर्न दर्जनौ यूवतीहरु पर्खिएर बसेका थिए । फिल्ममा आशिरमानको साथमा आना शर्मा, संयम पुरी, रोजिशा शाही लगायतका कलाकारको मुख्य भूमिका छ । हेमराज वीसीले यो फिल्मको निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV