मोडल तथा बेलि डान्सर अनिताको जिन्दगी (हेर्नुस् भिडियो)
मोडल तथा बेलि डान्सर अनिता लिम्बुको स्वर रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अन्तराष्ट्रिय मोडलिङ प्रतिस्पर्धामा सहभागिता जनाउँदै आएकी अनिताले आफ्नै शब्द र स्वरमा ‘यो जिन्दगी’ बोलको गीत सार्बजनिक गरेकी हुन् । सुन्दा आधुनिक–पप फ्लेवर लाग्ने गीतको भिडियोमा उनी आफैंले मोडलिङ गरेकी हुन् । नितिन चन्दको छायाकंन तथा निर्देशनमा तयार भएको भिडियोमा अनिताको सोलो नृत्य छ । अभिनय र नृत्य मिसिएको भिडियो निकै रोमान्चक र आकर्षक देखिन्छ । रुपेश खड्काले सम्पादन गरेको भिडियोका लागि सरिन पोखरेलले कोरियोग्राफी गरेका छन् ।
बेलायत बस्दै आएकी अनिताले अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’ मा समेत मोडलिङ गरिसकेकी छन् । ‘मिस स्पार्कलिङ ब्यूटी सो, युके तथा स्विडेनमा मा फस्ट रनर अप, लन्डन र पेरिसमा सम्पन्न ‘फेस अफ दि ग्लोब’ मा छनोट समेत भइसकेकी उनी बुटिङहरुमा ‘कमर्सियल फोटोसुट’ समेत गर्दै आएकी छिन् । त्यस्तै अन्य बिभिन्न ब्यूटी सोहरुमा सहभागिता जनाई सकेकी छन् । अनिता साउथ एसियन इथिनिक माइनोटरी ग्रुपलाई सम्मान गर्ने ‘एमटिएम अवार्ड’२०१६ मा पनि आर्ट एन्ड इन्टरटिमेन्ट विधामा नोमिनेशनमा समेत परेकी मोडल हुन् । हेर्नुस भिडियो :
For More videos Log on to Mazzako TV









