पत्रकार संघको रक्तदान कार्यक्रम सम्पन्न, टीभी फिल्मले गर्यो १० हजार सहयोग
चलचित्र पत्रकारहरुको हक हितका लागि स्थापित संस्था चलचित्र पत्रकार संघ, नेपालले काठमाण्डौमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । वुधबार दिउँसो आयोजना गरिएको रक्तादन कार्यक्रममा ८९ जनाले रक्तदान गरेको संघले जनाएको छ । ३२ भन्दा बढीले रक्तदान गर्न नपाएको, २ सय जना भन्दा बढीको उपस्थिती रहेको सचिव समिर बलामीले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । 
नेपालका विभिन्न भू भागमा गएको बाढी पहिरको कारण धेरै जनता घाइते भएको र उपचारका लागि रगतको अभाव भैरहेको समयमा संघले यो सामाजिक कार्यमा हातेमालो गरेको विज्ञप्तीमा उल्लेख छ ।
चलचित्र पत्रकार संघ नेपालको स्थापना भएपछि पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको हो । यसैविच, संघको सामाजिक सेवामा सहयोग गर्दै टीभी फिल्मले १० हजार नगद सहयोग गरेको छ । अध्यक्ष निकिता पौडेलले संघका अध्यक्ष सन्दिप सापकोटालाइ नगद १० हजार हस्तान्तरण गरेकी थिइन् ।
For More videos Log on to Mazzako TV







