कस्तो छ सिपोरा र रमेशको ‘भुँइमान्छे’ ? प्रिमियरमा कसले के भने ?
शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘भुँइमान्छे’को प्रिमियर काठमाण्डौको बीग मुभिजमा मंगलबार बेलुकी गरिएको छ । फिल्मका कलाकार, निर्माता, निर्देशकको साथमा पत्रकार, केही फिल्मीकर्मी र निर्माणपक्षका आफन्तले फिल्म हेरे ।
बीग मुभिजको सानो हल बुक गरिएतापनि प्रिमियरमा पाहुना धेरै बोलाउँदा अधिकांशले भूइमा बसेर फिल्म हेरेका थिए । नवराज बुढाथोकीको निर्देशनमा तयार भएको फिल्म ‘भुँइमान्छे’मा रमेश वुढाथोकी र सिपोरा गुरुङको मुख्य भूमिका छ ।
लास चिर्ने एक मानिस र उसको जीवनमा आइपर्ने विभिन्न खालका आरोह अवरोहलाई फिल्मले पर्दामा उतारेको छ । फिल्मको प्रिमियमार अभिनेत्री सिपोरा गुरुङ, कलाकार रमेश वुढाथोकी पुगेका थिए । फिल्म हेर्ने अधिकांश यसको प्रस्तुती र नयाँ शैलीको कथावस्तुलाइ रुचाएका छन् ।
For More videos Log on to Mazzako TV







