निरन्तरको वर्षाले पुर्वी तराईको जनजीवन कष्टकर भएपछि फिल्मकर्मीहरुले सहयोग अभियानलाई अघि बढाएका छन् । फिल्म ‘२ रुपैयाँ’ न्युनिटले पनि यो अभियानमा हात बढाएको छ । जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले बाढी प्रभावितको लागि सहयोगको लागि इ–सेवा कम्पनिसँग सहकार्य गरी अभियान सुरु गरेको हो । निर्देशकद्वय निश्चल बस्नेत र आशिफ शाहले यो अभियान सुरु गरेका हुन् । अभियानमा दुबै निर्देशक एवम् कलाकारहरूले रू ५०–५० हजारको सहयोग प्रदान गरेका छन् ।


इ–सेवाले पनि नगद् रू. २ लाख योगदान गरेको छ । जसमा इ–सेवाका कर्मचारीहरूका तर्फबाट रू. १ लाख ५१ हजार पनि सहयोग गरिएको छ । यसरी जम्मा रकम रू. ४ लाख ५१ हजारबाट यो अभियानको सुरुवात भएको छ । अभियानका बारेमा निश्चल बस्नेतले भन्छन्, ‘अहिले तराईको अवस्था यस्तो भएको बेलामा सकिन्छ भने त्यहीँ पुगेर सहयोग गर्नु ठूलो हो । तर त्यहाँ पुग्न नसकिएको खण्डमा पनि हाम्रो यो अभियानले घर–घरबाट सहयोग गर्न चाहनेलाई सजिलो बनाइदिन सक्छ ।’ अभियानबाट संकलन भएको रकम अभियानमा योगदान गरिने कलाकार आशिफ शाहले जानकारी दिए । उनले भने, ‘यो अभियानका लागि उठाइएको रकम हामीले कुनै पनि प्रशासनिक कार्यका लागि प्रयोग गर्ने छैनौं र सम्पूर्ण नै राहतको कार्यमा नै प्रयोग गर्नेछौँ । यो अभियानको पारदर्शिताका लागि योगदान गरिएको रकम पूरा नै इ–सेवाको डोनेसन खण्डमा हेर्न पनि सकिनेछ ।’

सहयाेग गर्ने तरिका 

यो अभियानमा सर्वसाधारणले आफ्नो मोबाइलबाट नै रकम योगदान गर्न सकिने प्रावधान छ ।https://donation.esewa.com.np मा गएर रकम योगदान गर्न इच्छुक इ–सेवाका ग्राहकले आफूले चाहेको रकम, नाम, ठेगाना, र मोबाइल नम्बर प्रदान गरी रकम योगदान गर्न सकिन्छ । इ–सेवाको अकाउन्ट नभएकाहरूले भने आफ्नो मोबाइलको मोबाइल ब्याङ्किङ एपमा रहेको “फोन पे“ विकल्पमा ‘helpterai’ कोड प्रयोग गरेर पनि रकम योगदान गर्न सकिन्छ । देशभरि रहेका इ–सेवाका एजेन्टहरूमा रकम प्रदान गरी यो अभियानमा सहयोग पु¥याउने प्रावधान पनि छ । विदेशमा रहेका नेपालीहरूले यो अभियानमा सहयोग गर्नका लागि ९७७ ९८६८८४२१२१ मोबाइल नम्बरमा भाइबर गरी रकम योगदान गर्ने जानकारी लिन सक्नुहुनेछ । यो अभियानका बारे थप जानकारी लिनका लागि esewa.com.np वा टोल फ्रि नं. १६६० ०१० २१२१ मा सम्पर्क गर्नहोला ।

For More videos Log on to Mazzako TV