‘समर लभ’ फ्लोरमा, काठमाडौँ, पोखरा र नर्वेमा छायांकन
सुविन भट्टराईको लोकप्रिय उपन्यास माथि बन्ने फिल्म ‘समर लभ’ को छायांकन सुरु भएको छ । मुस्कान ढकालले निर्देशन गर्ने फिल्म सोमबारबाट छायाँकन सुरु भएको हो । घोषणा भएको लामो समय पछि फ्लोरमा गएको फिल्म ‘समर लभ’ मा आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिकामा देखिने छन् । फिल्म मुस्कान ढकालको निर्माण तथा निर्देशनमा निर्माणमा बन्ने छ ।

फिल्मममा आशिष र रेवतीसंगै नम्रता सापकोटा, शिशिर भण्डारी लगायतको अभिनय रहनेछ । काठमाडौँ, पोखराका र नर्वेमा फिल्मको छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।संबाद र पटकथा सामिप्य राज तिलाम्सिना रहने फिल्ममा संगीत पुष्पन प्रधानको छ । फिल्मलाई सन्जय लामाले खिच्ने छन् ।
For More videos Log on to Mazzako TV







