निर्देशनमा अभिनेत्रीहरुको यात्रा, झरनालाइ चुनौती
नेपाली फिल्मको निर्देशनमा अभिनेत्रीहरु खासै अगाडि सर्न सकेका छैनन् । फिल्मको निर्माणमा त अहिले अधिकांश अभिनेत्रीहरु तछाडमछाड गरेर लागिरहेका छन् । तर, फिल्म निर्माणमा भने कमैले मात्र आट देखाउन सकेका छन् । 
अभिनेत्री रेखा थापाले आइपरेपछि फिल्म ‘हिम्मतवाली’ निर्देशन गरिन् । यो फिल्म सुरुवातमा उनले निर्देशन गर्छु भनेर आटेकी थिइनन् । यसपछि, रेखाले फिल्म निर्देशनको आँट गर्न सकेकी छैनन् ।
यसपछि, अभिनेत्री दीपाश्री निरौलाले फिल्म निर्देशन गरिन् । उनले निर्माण गरेको पहिलो फिल्म ‘छक्का पन्जा’ बम्पर हिट भयो । अब, अभिनेत्री झरना थापा पनि फिल्म निर्देशनमा अगाडि आएकी छिन् । उनले, निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट रिलिज हुँदैछ ।
फिल्म निर्देशनमा कमै मात्र अभिनेत्री अगाडि सरेको अवस्थामा झरनाका लागि यो फिल्मको व्यापार चुनौतीपूर्ण छ । फिल्मले राम्रो व्यापार गरेको खण्डमा झरना सफल मानिनेछिन् ।
साम्राज्ञीराज्य लक्ष्मी शाह र नव–अभिनेता सलिनमान बाँनियाको लभ स्टोरी फिल्मले अभिनेत्रीको रुपमा सफल झरनाको निर्देशनको बाटो कोर्नेछ ।
For More videos Log on to Mazzako TV







