‘फाटेको जुत्ता’को बोरामा के होला ?
कात्तिक १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘फाटेको जुत्ता’को टिजर पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको पोष्टरमा कुनै पनि कलाकारको अनुहार देखाइएको छैन । निर्माता अर्जुन कुमारका अनुसार यो टिजर पोष्टर हो, पूर्ण पोष्टर केही समयपछि सार्वजनिक गरिनेछ । तर, रमाइलो कुरा के छ भने, यो पोष्टरमा एकजना व्यक्ति फाटेको जुत्ता लगाएर उभिएका छन् ।

निकेश खड्काको निर्देशनमा तयार भएको यो फिल्ममा अर्जुन पोखरेलको लगानी छ । पूर्णतया कमेडी कथामा तयार भएको फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौराससिया, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।








