बाढीको प्रभाव भदौ २ का फिल्मलाई कती पर्ला ?
शुक्रबारदेखि परेका अबिरल बर्षाका कारण देशभरकै जनजिवन अस्तव्यस्त छ । पूर्व र पश्चिमका अधिकांश भाग डुबेका छन् । जसलेगर्दा, जनताको जनजिवन कष्टकर छ ।
बाढीको प्रभाव प्रत्यक्ष रुपमा नेपाली फिल्म क्षेत्रलाई पनि परेको छ । साउन २७ गते रिलिज भएको फिल्म ‘संरक्षण’ काठमाण्डौ बाहिरका २१ वटा हलमा शनिबार चल्न सकेन । बाढीका कारण २१ वटा हल बन्द भए । जसले गर्दा फिल्मको व्यापारमा प्रत्यक्ष असर परेको छ । 
आउँदो शुक्रबार अर्थात भदौ २ गतेबाट प्रतिक्षित फिल्महरु रिलिज हुँदैछन् । सर्वाधिक आशा गरिएको बर्षकै प्रतिक्षित फिल्म ‘ग्याङस्टार ब्लूज’ भदौ २ गते रिलिज हुँदैछ । यो फिल्मको टिमले केही दिन अगाडि मात्रै नेपालको भ्रमण सकेर फर्किको थियो ।
अहिले पानी पर्न कम भएको छ । तर, जनतालाई पुरानै अवस्थामा आउनका लागि अझै केही दिन लाग्नेछ । अधिकाशको घर डुबेको छ भने, धेरै परिवार विस्थापित भएको छ । पूर्वदेखि पश्चिमसम्म यही हाल छ । यसले, शुक्रबार रिलिज हुन लागेका फिल्ममाथि केही असर पर्ने विश्लेषण फिल्म पण्डितहरुले गरेका छन् । यही मितिमा फिल्म ‘भूइमान्छे’ पनि रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV







