बाढी प्रभावित क्षेत्रमा पुगे धुर्मुस
समाजसेवाका कारण आम नेपालीको मनमा बस्न सफल हाँस्य कलाकार सिताराम कट्टेल महोत्तरी पुगेका छन् । अविरल बषर्ाका कारण पूर्वका अधिकांश स्थान जलमग्न भएपछि जनताको अवस्था अस्तव्यस्त भएको छ । 
बाढीका कारण ५० जना मानिसको मृत्यु भैसकेको छ भने हजारौ नागरिक घरवार बिहिन भएका छन् । उनीहरुको दुखेको घाउमा मल्हम लगाउन आफू पूर्व आइपुगेको सितारामले बताएका छन् ।
‘धुर्मुस सुन्तली फाउन्डेशन’का तर्फबाट उनले खाद्यान्न, त्रिपाल, औषधी लिएर महोत्तरी पुगेको बताए । अब, उनले बाढी प्रभावित सबै स्थानमा राहत पुर्याउन लागिपर्ने जानकारी दिएका छन् । चामल, चाउचाउ, विस्कुट, औषधी, जीवनजल, अमेरिकन औषधी बोकेर आफू महोत्तरी आइपुगेको उनले जानकारी दिएका छन् ।
महोत्तरीमा मेडिकल टिमसँग समन्वय गरेर सबै स्थानमा पुग्ने उनले जानकारी दिए ।
For More videos Log on to Mazzako TV







