लगातारको वर्षाका कारण पहाडमा पहिरो, तराईमा बाढी तथा डुबानले देशभरको जनजीवन अस्तव्यस्त भएको छ । धेरैले ज्यान गुमाए, कयौ घरबाहार बिहिन भए । कति बेपत्ता छन् । तराईका बासिन्दा सबैभन्दा बढी प्रभाबित भएका छन् । धेरै बाढी प्रभावित भोकै छन् । पानी कहिले रोकिएला र घरभित्र केही बाँकी छ कि भनेर निकाल्ने पर्खाइमा छन् बाढी पीडित । बाढी पीडितलाई सहयोग जुटाउन फिल्मकर्मीहरु लागि परेका छन् । हास्य अभिनेता दीपकराज गिरीले ‘एमआरआर’ गु्रपको माध्यमबाट नगद १ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नायिका पूजा शर्माले पनि आफूले बाढी पीडितका लागि ड्राइफुड र लत्ताकपडा र १ लाख सहयोग गर्ने फेसबुकबाट घोषणा गरिन् ।

यस्तै, हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि ‘मोरङ समाज’ को मार्फत नगद ५१ हजार सहयोग गरेकी छिन् भने नायिका प्रियंका कार्कीले ५१ हजार सहयोग गर्ने बताएइन् । चलचित्र कलाकार संघ, नेपालले पनि बाढी पीडितहरुका लागि ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष रामकेशर बोगटीका अनुसार ‘प्रधानमन्त्री दैविक प्रकोप कोष’ मा ६५ हजार नगद सहयोग गर्ने निर्णय गरिएको हो । विभिन्न फिल्मकर्मीहरुले बाढी पीडितलाई सहयोग गर्ने क्रम जारी छ ।

For More videos Log on to Mazzako TV