श्याम कस्को मायामा डुब्न चाहन्छन् ? (भिडियो)
गायक श्याम कार्कीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक श्यामले ‘तिम्रो मायामा’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरेका हुन् । रबि मल्लको शब्द रहेको गीतमा राजन तिमल्सिनाले संगीत भरेका हुन् । ‘तिम्रो मायामा’ गीतको संगीत संयोजन शैलेन्द्र मान प्रधानको हो ।
बिभोर पोखरेलले भिडियोलाई रोमान्टिक स्टाइलमा निर्देशन गरेका छन् । भिडियोमा एन्जल र सुलभको केमेष्ट्रि लोभलाग्दो छ, अझ मज्जाको कुरा त के छ भने भिडियोमा बाल कलाकार अटाएर पनि होला हेर्दा रमाइलो लाग्छ । अम्रित सुनुवार, रोशन श्रेष्ठ र बलराम बुढाथोकीले खिचेको भिडियोलाई सतिज श्रेष्ठले सम्पालन गरेका छन् । हेर्नुस् भिडियो :
For More videos Log on to Mazzako TV









