नेपालमा राजनीति बिषयलाई नै मुख्य कथावस्तु बनाएर कमै मात्र फिल्म बनेका छन् । मायाप्रेम र द्धन्द्धमा अल्भिmएको नेपाली फिल्मले देशको समसामयिक राजनीतिक मुद्दालाई उठाउने खासै प्रयास नै गर्दैन । आजबाट रिलिज भएको फिल्म ‘संरक्षण’ले भने देशको राजनीतिक मुद्दालाई निकै सरल ढंगले उठान गरेको छ ।

पुर्णेन्द्र झाको निर्देशनमा तयार भएको यो फिल्मले तराइका नेता र प्रहरीविचको टक्करलाई देखाएको छ । एउटा वफादार प्रहरीले कसरी देशको राजनीतिलाइ नै फेरिदिन सक्छ भन्ने कथामा यो फिल्म बनेको छ ।

फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, रमेश रञ्जन झा, अशिष्मा नकर्मी, मलिना जोशी, प्रमोद अग्रहरि लगायतका कलाकारको अभिनय छ ।
प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले मिलेर यो फिल्म बनाएका हुन् । फिल्मको ठूलो क्यानभास र राजनीतिक प्रस्तुतीले दर्शकको मन जित्न सक्छ ।

For More videos Log on to Mazzako TV