‘कान्छी’बाट बाहिरिइन् नम्रता
नेपाली फिल्मका अभिनेत्रीहरु अफर आएका सबै फिल्म खेल्न पछि पर्दैनन् । कुनै नै कुनै सेड्यूल मिलाएर उनीहरु अफर आएका सबै फिल्म भ्याउन चाहन्छन् । तर, फिल्म बजारमा खासै चर्चामा नरहेकी अभिनेत्री नम्रता सापकोटाले भने अफर आएर काम गर्ने पक्का गरेको फिल्म समेत छाडेकी छिन् । 
नम्रताले अभिनेत्री स्वेता खड्काको निर्माण र आकाश अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘कान्छी’मा काम गर्ने पक्का भएको थियो । करिब २ महिनादेखि उनी यो फिल्मको छायांकनको पर्खाइमा पनि थिइन् ।
यो फिल्मको छायांकन सकेर भदौबाट सुरु हुन लागेको फिल्म ‘समर लभ’को छायांकन सुरु गर्ने योजना उनको थियो । तर,स्वेताको फिल्म र ‘समर लभ’को छायांकन अन्ततः एकसाथ सुरु हुने भयो । जसकाकारणले गर्दा यी अभिनेत्रीले फिल्म ‘कान्छी’ छाडेर ‘समर लभ’ रोजेकी छिन् ।
For More videos Log on to Mazzako TV







