हुनत, राजनीतिमा लागेपछि नेताहरु रंग फेर्न सिपालु हुन्छन् । हरेक दिन नेताहरुको बोल्ने र गर्ने व्यवहार फेरिन्छ । नेपाली फिल्म क्षेत्रकी अभिनेत्री रेखा थापालाई पनि राजनीतिको रंगले छोएको देखिएको छ ।

केही महिना अगाडि मात्र अभिनेत्री रेखा थापा कमल थापा नेतृत्वको राप्रपा पार्टीमा प्रवेश गरेकी थिइन् । सो समयमा अभिनेत्री थापाले माओवादी केन्द्रमा आफू कहिल्यै प्रवेश नगरेको भन्दै उक्त पार्टी आफ्नो पहिलो पार्टी नभएको समेत बताएकी थिइन् ।

तर, सबैलाई थाहा थियो कि रेखाले माओवादी केन्द्र दोश्रो संविधान सभाको निर्वाचनमा तेश्रो पार्टी भएपछि सो पार्टी छाडेकी थिइन् । राप्रपा प्रवेश गर्दा रेखाले आफू नेपालको झण्डा र राप्रपाको झण्डा ओडेरै मर्न चाहेको समेत बताएकी थिइन् । यतिसम्म होइन, रेखाले त अध्यक्ष कमल थापाको आफू ‘ग्रेट फ्यान’ भएको भन्दै उनको काम गर्ने तरिकाले आफू अत्यन्त प्रभावित भएको समेत बताएकी थिइन् ।

तर, रेखाको यो बोली टिकेन । रेखाले केही महिना नवित्दै कमलको साथ छाडेकी छिन् । राप्रपाको केन्द्रिय सदस्य समेत भैसकेकी रेखाले कमल थापा नेतृत्वको राप्रपा पार्टी फुटाउँदै राप्रपा प्रजातान्त्रिक गठन गरेका पशुपति शमशेर राणा नेतृत्वको पार्टीमा आफूलाई होमेकी छिन् ।

कमल थापासँग भन्दा पशुपति शमशेरसँग सांसद बढी छन् । यस, हिसाबले अहिले राणा बलियो देखिएका छन् । यसैले पनि राणा बलियो भएपछि रेखा पनि उतै लागेकी छिन् । कमल थापाबाट आफूले धेरै कुरा सिकेको बताउने रेखाले अन्ततः कमल थापा कमजोर भएको केही दिनमै उनको साथ छाडेकी छिन् । साच्चै, रेखा पनि राजनीतिक रंगमा घोलिन थालेकी हुन् त ?

For More videos Log on to Mazzako TV