रेखा थापाले छाडिन् कमल थापाको पार्टी
‘म कमल थापाको ग्रेट फ्यान हुँ र रहिरहनेछु ।’
माथिको भनाइ अभिनेत्री रेखा थापाले केही समय अगाडि बोलेकी हुन् । उनले बोलेको यो भिडियो धेरै मिडियामा अझै सुरक्षित छ । राप्रपा पार्टी प्रवेश गर्दै गर्दा उनले कमल थापा एक सच्चा आमाको सपुत भएको समेत भनिन् । यतिमात्र होइन रेखाले भनेकी थिइन् कि-‘अब यो मेरो पहिलो र अन्तिम पार्टी हो । म राप्रपाको झण्डा ओढेर मर्न चाहन्छु ।’
तर, त्यसको केही महिना नवित्दै अभिनेत्री थापाले बोली फेरेकी छिन् । रेखा अब केही दिन अगाडि मात्र राप्रपाबाट अलग भएर नयाँ पार्टी खोेलेका पशुपति शमशेर राणाको पार्टीमा प्रवेश गरेकी छिन् ।
उनले आफ्नो लाइन मिलेकाले पशुपतिको पार्टीमा लागेको बताइन् । पार्टी फुटेर कमल भन्दा राणा शक्तिशाली देखिएपछि रेखाले पनि बाटो तताएकी हुन् । तर, कमल थापाको ग्रेट फ्यान बताउने रेखाको बोलीको कुनै भर नभएको पनि देखिएको छ । के यस्तै शैलीले रेखाको राजनीतिक करिअर अगाडि बढ्ला त ?
For More videos Log on to Mazzako TV







