‘सिने सर्कल अवार्ड’मा जात्राको ‘वर्चस्व’
काठमाण्डौमा सोमबार बेलुकी आयोजना भएको ‘एलजी सिने सर्कल अवार्ड’मा नेपाली फिल्म ‘जात्रा’को बर्चस्व रहन पुग्यो । अधिकांश मुख्य विधाका अवार्ड यही फिल्मले नै प्राप्त गरेको थियो ।

रमाइलो कुरा त के छ भने, यो फिल्मका निर्देशक प्रदिप भट्टराइ बाहेक अरु कोहीपनि अवार्ड समारोहमा उपस्थित भएका थिएनन् । जसलेगर्दा, प्रदिपले सबै विधाका अवार्ड लिएका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवार्डमा देशका विभिन्न क्षेत्रका प्रमुखहरुको उपस्थिती थियो । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीदेखि उद्योगपति विनोद चौधरीसम्म अवार्ड समारोहमा पुगेका थिए ।
फिल्मीकर्मीको उपस्थिती कमजोर रहेको अवार्ड समारोहमा अन्य निकायका फिल्मीकर्मीको बाहुल्यता देखियो । कार्यक्रममा द्धन्द्ध निर्देशक एनवी महर्जनलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उनलाई नगद ५१ हजार सहित ट्रफी प्रदान गरिएको थियो ।

कुन विधामा कसले अवार्ड जिते, पूर्ण विवरण यहाँ उल्लेख गरिएको छः
१. उत्कृष्ट फिल्मः जात्रा
२. उत्कृष्ट निर्देशकः प्रदिप भट्टराइ(जात्रा)
३. उत्कृष्ट नायकः विपिन कार्की(जात्रा)
४. उत्कृष्ट नायिकाः बर्षा राउत(जात्रा)
५. उत्कृष्ट संगीतकारः कालिप्रसाद बास्कोटा –निर जहिले रिसाउने, पुरानो डुंगा)
६. उत्कृष्ट जोडीः माओत्से गुरुङ र मेनुका प्रधान(पुरानो डुंगा)
७.उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा)
८. उत्कृष्ट एक्सन संयोजकः हिमाल केसी(के म तिम्रो होइन र)
९. उत्कृष्ट पाश्र्व गायिकाः मिना निरौला(ठमेल बजार, लुट २)
१०. उत्कृष्ट पाश्र्व गायकः यूवराज चौलागाइ(पलाँस)
११. उत्कृष्ट पटकथाः प्रदिप भट्टराइ(जात्रा)
१२. उत्कृष्ट ध्वनी मिश्रणः शैलेस श्रेष्ठ( गाजलु)
१३. उत्कृष्ट सम्पादकः अर्जुन जीसी(विर विक्रम)
१४. उत्कृष्ट पपुलर अभिनेत्रीः प्रियंका कार्की(छक्का पन्जा)
१५. उत्कृष्ट पपुलर अभिनेताः दीपकराज गिरी(छक्का पन्जा)
१६. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयरः विजुली मान्छे(नविन अवाल)
१७. उत्कृष्ट हाइएस्ट ग्रसर फिल्म डिरेक्टर अफ द इयरः दीपाश्री निरौला(छक्का पन्जा)
१८. उत्कृष्ट भीएफएक्स अफ द इयरः सत्यम राना र सुदिप आचार्य(जय पर्शुराम)
१९. उत्कृष्ट पपुलर सङ अफ द इयरः ठमेल बजार(लुट २)
२०. उत्कृष्ट स्टन्ट अफ द इयरः राजु तामाङ(जय पर्शुराम)
२१. उत्कष्ट ट्रेलर अफ द इयरः सुरेन्द्र पौडेल(लुट २)
२२. उत्कृष्ट पोष्टर अफ द इयरः सुन्दर श्रेष्ठ(छक्का पन्जा)








