हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङस्टर ब्लुज’ नेपालमा प्रदर्शन हुनु अवागै अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । फिल्म भदौ २ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने छ । निर्माता सरोज न्यौपानेका अनुसार अस्ट्रेलियाका ६ शहरमा फिल्म प्रदर्शन हुन लागेको हो । फिल्मको पहिलो प्रिमियर समेत अष्ट्रेलयाको सिड्नीमा अगष्ट १३ र १४ मा हुनेछ । बाँकी पाँच शहरमा भने नेपाल रिलिज अर्थात भदौ २ बाटै प्रदर्शन हुने छ । हिमा अस र मुग्लानको मूख्य प्रयोजनमा ड्रिम हाईट र रकडेल ब्वाईजले अस्ट्रेलियामा फिल्मको प्रदर्शन गर्नेछन ।

हाल ‘ग्याङस्टर ब्लुज’ टिम मुख्य कलाकारलाई साथमा लिएर मोफसल दौडाहमा निस्किएको छ । मोफसलका विभिन्न शहरमा कन्सर्ट आयोजना गर्दै फिल्मको प्रचारलाई तिब्रता दिइरहेको छ । फिल्ममा आना शर्मा, आशिरमान देशराज जोशी, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । ‘ग्याङस्टर ब्लुज’ का सरोज न्यौपाने र हेमराज बीसी निर्माता हुन् भने मनिष पण्डित कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV