बलिउड अभिनेता सुनिल शेट्टीलाई चन्द्रागिरिमा स्वागत
बलिउड अभिनेता सुनिल शेट्टी अहिले नेपालमा भ्रमणमा ब्यस्त छन् । शुक्रवार चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले शेट्टीलाई स्वागत गर्दै चन्द्रागिरिको स्थलगत भ्रमण समेत गराएका हुन् । पहिलो पटक नेपाल भ्रमणमा आएका सुनिलले भालेश्वर महादेवको दर्शन गर्दै मनोरम दृष्यहरुको समेत अवलोकन गरे ।

भ्रमण पश्चात सेट्टीले काठमाडौंको उच्च स्थानमा एकदमै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको सुनाए ।

सुनिल शेट्टी किन नेपाल आए ? त्यो भने खुलेको छैन् । उनि नेपाल आउँदा आफ्नो सामाजीक संजालमा समेत केहि उल्लेख गरेका छैनन् ।
For More videos Log on to Mazzako TV







