‘प्रेम गीत’ को शिर्ष गीत आसामी भाषामा कपि, संगीतकारको आपत्ती (भिडियो)
वर्ष २०७२ मा प्रदर्शनमा आएर सुपरहिट भएको फिल्म ‘प्रेम गीत’ को शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ को आसामी भाषामा कभर भिडियो भेटिएको छ । उक्त गीत अनुमति बिनानै शब्द, संगीत हुबहु कपी गरिएको संगीतकार अर्जुन पोखरेलको बताएका छन् । युटुबमा उक्त आसामी गीतको कभर भिडियो ‘नोइ नोइ’ बोलमा अपलोड गरिएको छ । सुरुमा उक्त आसामी गीतको कभर भिडियो ‘नोइ नोइ’ मा नेपालका बास्तबिक सर्जकको नाम उल्लेख नै गरिएको थिएन् । पछि उक्त गीतको सर्जकको बारेमा उल्लेख गरेको पाईएको छ ।

यता संगीतकार अर्जुन पोखरेलले अनुमति बिना आफ्नो गीतको कभर भिडियो बनाएकोमा आपत्ती जनाएका छन् । उनि भन्छन्, ‘म अन्र्तराष्टिय रुपमै मुद्धा हाल्छु ।’ नेपाल गीत संगीतलाई बलिउड गीत संगीतबाट प्रभाबित भनेर आरोप लाग्ने गथ्र्यो । प्रेम गीतको शिर्ष गीतको आसामी गीतको कभर भिडियो यस्तो छ :
‘प्रेम गीत’को भिडियो हेर्नुस् :
For More videos Log on to Mazzako TV








