आशिरमान देशराज जोशी र आना शर्माको मुख्य अभिनय रहेको फिल्म ‘ग्याङस्टर ब्लुज’ को ‘आधा कुरा’ बोेलको गीत सार्वजनिक भएको छ । भदौ २ गते बाट अल नेपाल प्रदर्शन हुने फिल्मको ‘आधा कुरा’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । मायालु जोडी छुटेपछिको पिडालाई देखाइएको गीतको भिडियोमा आशिरमान, आना र संयम पुरीको अभिनय रहेको छ ।


हेमराज बिसी निर्देशित ‘ग्याङस्टर ब्लुज’ को गीतमा कालीप्रसाद बाँस्कोटाले संगीत गरेका हुन् । गीतमा एकतारे र कालीप्रसादको शब्द र सनुप पौडेलको स्वर समावेश छ । सरोज न्यौपानेले निर्माण गरेको फिल्ममा आशिरमान, आना र संयमका अलवा रोजिशा शाही, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV