फिल्म ‘माइती घर’ का जोडी माला र सिपी नेपालमा
फिल्म ‘माइती घर’ मा अभिनय गर्ने जोडी माला सिन्हा र सिपी लोहनी नेपाल आएका छन् । शुक्रबार माला र सिपी नेपाल आई पुगेका हुन् । उनिहरु आउदो साउन २३ गते हुने ‘एलजी सिने सर्कल फिल्म अवार्ड’ सहभागी हुन नेपाल आएका हुन् । माला र सिपी कार्यक्रममा विशेष अतिथि रुपमा रहने छन् भने सिपी र माला सहित ‘माइती घर’ टिमलाई सम्मान गरिदैंछ ।

‘एलजी सिने सर्कल फिल्म अवार्ड’ का प्रमुख दिनेश डिसी माला र सिपीलाई स्वागत गर्न त्रिभुवन अन्र्तराष्टिय त्रिभुवन विमानस्थल पुगेका थिए । पोखरा र चन्द्रागिरी ‘माइती घर’ जोडीलाई घुमाउने कार्यक्रम रहेको डिसीले बताए । फिल्म ‘माइती घर’को छायांकनको क्रममा माया बसेपछि माला र सिपी रियल जोडी बनेका हुन् ।








